मिति २०८३ असार २८ गते आइतबार, इस्वीसंवत जुलाई १२ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार आषाढकृष्णपक्ष चलिरहेको छ। सौरमान अनुसार आज आषाढकृष्णपक्षको त्रयोदशी तिथि रातिमा ८ः४८ बजेसम्म त्यसपछि चतुर्दशी तिथि लाग्नेछ ।
नक्षत्रमा रोहिणी बिहानमा ६ः५७ बजेसम्म त्यसपछि आद्रा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वृद्धि ३६ घटि ४० पलासम्म त्यसपछि ध्रुव योग लाग्नेछ। करणमा गर अहोरात्र रहनेछ । आनन्दादि योगमा धाता रहनेछ।
सूर्य मिथुन राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । आज दिनमान ३४ घटि १७ पला अर्थात १३ घण्टा ४७ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः१७ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ७ः०० बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने रातिमा २ः२८ बजे र अस्ताउने समय साँझमा ५ः१४ बजे रहेको छ। आज प्रदोष व्रत गर्ने दिन रहेको छ ।
आजको राशिफल
मेषः आज चन्द्रमा वृष राशिमा रहँदा धनसम्बन्धी विषयमा विशेष सजग रहनुपर्ने देखिन्छ। आवश्यकभन्दा बढी खर्च हुन सक्ने भएकाले बजेट मिलाएर अघि बढ्नु बुद्धिमानी हुनेछ। काममा सोचेजस्तो उपलब्धि नआउँदा केही खिन्नता महसुस हुन सक्छ। परिवारको साथ पाए पनि आफ्नै चिन्ताले मन अस्थिर बन्न सक्छ। मानसिक शान्तिका लागि विश्राम र ध्यान उपयोगी रहनेछ। नयाँ योजना शुरू गर्नु अघि केही समय प्रतीक्षा गर्नु राम्रो हुन्छ। आर्थिक कारोबार गर्दा सबै पक्ष राम्ररी मूल्याङ्कन गर्नु उचित हुनेछ। स्वास्थ्यमा कमजोरी वा शरीर भारी भएको अनुभव हुन सक्छ। धैर्य कायम राखे परिस्थितिमा विस्तारै सुधार आउने संकेत देखिन्छ।
वृषः आज चन्द्रमा आफ्नै राशिमा रहेकाले आत्मबल, स्थिरता र सकारात्मक ऊर्जा बढ्नेछ। लामो समयदेखि रोकिएका कामहरू क्रमशः पूरा हुने सम्भावना बलियो देखिन्छ। आर्थिक अवस्था सन्तुलित रहने भएकाले मनमा ढुक्कपन रहनेछ। परिवारको साथ र सहयोगले हरेक निर्णयमा आत्मविश्वास बढाउनेछ। साथीभाइसँगको भेटघाटले मनलाई ताजगी र नयाँ उत्साह प्रदान गर्नेछ। नयाँ जिम्मेवारी स्वीकार गर्दा राम्रो अनुभव र अवसर प्राप्त हुन सक्छ। छोटो दूरीको यात्रा वा बाहिरी काम फलदायी रहने सम्भावना छ। स्वास्थ्य सामान्य रहने भए पनि पर्याप्त आराम गर्न भने नबिर्सनुहोस्।
मिथुनः आज चन्द्रमा वृष राशिमा रहँदा मनमा अन्योल बढ्न सक्ने भएकाले निर्णय लिन केही समय लाग्न सक्छ। काम अघि बढे पनि अपेक्षाअनुसार गति नआउँदा असन्तुष्टि महसुस हुन सक्छ। खर्च बढ्ने सम्भावना रहेकाले आर्थिक अनुशासन आवश्यक देखिन्छ। घरपरिवारमा सामान्य असमझदारी देखिए पनि संयमतापूर्वक संवाद गर्दा समाधान निस्कनेछ। साथीभाइको उचित सल्लाहले सही बाटो पहिल्याउन मद्दत मिल्नेछ। अनावश्यक चिन्ता त्यागेर सकारात्मक सोच राख्नु लाभदायक हुनेछ। स्वास्थ्यमा मानसिक थकान वा कमजोरी अनुभव हुन सक्छ। महत्वपूर्ण निर्णय सोचविचार गरेर गर्दा अवस्था सहज बन्दै जानेछ।
कर्कटः आज रहँदा तपाईंका प्रयासले राम्रो उपलब्धि दिलाउने संकेत देखिन्छ। नयाँ योजना कार्यान्वयन गर्ने वातावरण अनुकूल बन्नेछ। आम्दानी बढ्ने सम्भावनाले मनमा उत्साह थपिनेछ। परिवारमा मेलमिलाप र खुसीको वातावरण कायम रहनेछ। साथीभाइसँगको भेटले दिनलाई रमाइलो र ऊर्जावान बनाउनेछ। अवसरलाई सही रूपमा उपयोग गर्न सके थप सफलता मिल्नेछ। सानो यात्रा वा बाहिरी काम फलदायी हुन सक्छ। स्वास्थ्य सामान्य र सन्तुलित रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएकोछ ।
सिंहः आज भावनात्मक संवेदनशीलता बढ्न सक्छ। सानोतिनो घटनाले पनि मनमा गहिरो प्रभाव पार्न सक्ने देखिन्छ। काममा ध्यान केन्द्रित गर्न खोज्दा बीचबीचमा मानसिक विचलन आउन सक्छ। परिवारसँग खुलेर कुरा गर्दा मन हल्का हुने अनुभव हुनेछ। आर्थिक अवस्था सामान्य रहे पनि अनावश्यक खर्चबाट बच्नु राम्रो हुन्छ। नयाँ योजना तत्काल सुरु गर्नु भन्दा केही समय पर्खनु लाभदायक हुनेछ। स्वास्थ्यमा थकान वा आलस्य महसुस हुन सक्छ। संयम र धैर्य राखे दिन सहज रूपमा बित्ने ग्रहगोचर छ।
कन्याः आज चन्द्रमाको प्रभावले आत्मविश्वास र जोश दुवै बढ्ने सम्भावना छ। कार्यक्षेत्रमा राम्रो प्रगति हुँदै नयाँ अवसर प्राप्त हुन सक्छ। परिवारसँगको सम्बन्ध थप सुमधुर बन्ने भएकाले मन प्रसन्न रहनेछ। आर्थिक लाभका सम्भावनाले उत्साह बढाउनेछ। साथीभाइसँगको सम्बन्ध अझ मजबुत बन्ने देखिन्छ। सकारात्मक सोचका कारण नयाँ योजना बनाउन सहज हुनेछ। छोटो यात्रा वा रमाइलो भेटघाटले दिनलाई थप सुखद बनाउनेछ। स्वास्थ्य राम्रो रहने भएकाले ऊर्जा भरपूर रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।
तुलाः आज चन्द्रमा वृष राशिमा रहँदा जिम्मेवारी बढ्नाले कामको चाप अनुभव हुन सक्छ। निर्णय लिनुअघि राम्रोसँग सोच्नु आवश्यक देखिन्छ। खर्च नियन्त्रणमा राख्नु बुद्धिमानी हुनेछ। परिवारसँग समय बिताउँदा मानसिक सन्तुलन कायम रहनेछ। नयाँ काममा हतार गर्नु उपयुक्त मानिँदैन। साथीभाइसँगको संवादले मन हल्का बनाउन सहयोग गर्नेछ। स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्ने भएकाले पर्याप्त विश्राम लिनु राम्रो हुनेछ। धैर्यका साथ अघि बढे परिणाम सकारात्मक रहने देखिएको छ ।
वृश्चिकः आज चन्द्रमा वृष राशिमा रहँदा भाग्यले मिश्रित साथ दिए पनि मेहनतले सफलता दिलाउनेछ। नयाँ अवसरले प्रगतिको ढोका खोल्न सक्छ। आर्थिक लाभको सम्भावनाले उत्साह बढाउनेछ। परिवारबाट प्राप्त साथले आत्मविश्वास थप मजबुत बन्नेछ। मन सकारात्मक र ऊर्जावान रहनेछ। साथीभाइसँग रमाइलो भेटघाट हुने सम्भावना छ। यात्राको योग बन्न सक्ने भएकाले नयाँ अनुभव प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहने र दिन उपलब्धिमूलक बन्ने ग्रहगोचर छ ।
धनुः आज हरेक काममा सावधानी अपनाउनु उपयुक्त हुनेछ। कार्यक्षेत्रमा केही अवरोध आउन सक्ने भएकाले धैर्य आवश्यक देखिन्छ। आर्थिक निर्णय गर्दा हतार नगर्नु राम्रो हुनेछ। परिवारसँग सामान्य मतभेद भए पनि शान्त व्यवहारले समाधान सम्भव हुनेछ। मनमा अन्योल वा चिन्ता बढ्न सक्छ। नयाँ योजना सुरु गर्नु अघि थप तयारी गर्नु लाभदायक हुनेछ। स्वास्थ्यमा कमजोरी महसुस हुन सक्ने भएकाले आराममा ध्यान दिनुहोस्। संयमका साथ अघि बढे परिस्थिति अनुकूल बन्दै जाने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।
मकरः आज पारिवारिक सम्बन्ध अझ सुदृढ बन्ने संकेत देखिन्छ। साझेदारीमा गरिएको प्रयासले राम्रो उपलब्धि दिन सक्छ। आर्थिक अवस्था सन्तुलित र सन्तोषजनक रहनेछ। परिवारसँगको आत्मीयता बढ्दा मन प्रशन्न रहनेछ। काममा उत्साह र ऊर्जा कायम रहनेछ। नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो देखिन्छ। अधुरा काम पूरा हुने वातावरण बन्नेछ। स्वास्थ्य राम्रो रहने भएकाले दिन सुखद् बित्नेछ। आज सुनसुकै काम गरे पनि सफलतापूर्वक सम्पन्न हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।
कुम्भः आज चन्द्रमाको प्रभावले कामको व्यस्तता बढ्न सक्ने भएकाले समय व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुनेछ। आर्थिक अवस्था सामान्य रहने देखिन्छ। परिवारबाट सहयोग प्राप्त हुँदा मानसिक राहत मिल्नेछ। केही विषयले मनमा तनाव उत्पन्न गर्न सक्छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने भएकाले लापरबाही नगर्नुहोस्। धैर्यपूर्वक काम गर्दा अपेक्षित परिणाम प्राप्त हुनेछ। साथीभाइसँगको संवादले उत्साह बढाउनेछ। दिनको अन्त्यतिर अवस्था पहिलेभन्दा सहज बन्ने देखिएको छ।
मीनः आज आत्मविश्वास र सकारात्मक सोच दुवै बलियो बन्नेछन्। नयाँ योजना अघि बढाउने इच्छा जाग्नेछ। कार्यक्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुने सम्भावना देखिन्छ। आर्थिक लाभका अवसरले मनमा खुसी थप्नेछ। परिवारसँग रमाइलो र आत्मीय वातावरण कायम रहनेछ। साथीभाइसँगको भेटघाटले उत्साह बढाउनेछ। सकारात्मक दृष्टिकोणले दिनभर ऊर्जा कायम रहनेछ। स्वास्थ्य राम्रो रहने र दिन सफलतापूर्वक बित्ने ग्रह गोचर छ ।
साइत (यात्रा): सूर्य मिथुन राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । त्यसैले पूर्व र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर र पश्चिमतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः१५ बजेदेखि ६ः५८ बजेसम्म उद्धेग बेला
बिहान ६ः५८ बजेदेखि ८ः४२ बजेसम्म चर बेला
बिहान ८ः४२ बजेदेखि १०ः२५ बजेसम्म लाभ बेला
बिहान १०ः२५ बजेदेखि १२ः०९ बजेसम्म अमृत बेला
मध्यान्हमा १२ः०९ बजेदेखि १ः५२ बजेसम्म काल बेला
दिनमा १ः५२ बजेदेखि ३ः३५ बजेसम्म रोग बेला
दिनमा ३ः३५ बजेदेखि ५ः१९ बजेसम्म उद्धेग बेला
दिनमा ५ः१९ बजेदेखि ७ः०२ बजेसम्म चर बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ७ः०२ बजेदेखि ८ः१९ बजेसम्म लाभ बेला
साँझ ८ः१९ बजेदेखि ९ः३६ बजेसम्म अमृत बेला
राति ९ः३६ बजेदेखि १०ः५२ बजेसम्म काल बेला
राति १०ः५२ बजेदेखि १२ः०९ बजेसम्म शुभ बेला
राति १२ः०९ बजेदेखि १ः२६ बजेसम्म रोग बेला
राति १ः२६ बजेदेखि २ः४२ बजेसम्म उद्धेग बेला
रातिमा २ः४२ बजेदेखि ३ः५९ बजेसम्म चर बेला
रातिमा ३ः५९ बजेदेखि ०५ः१५ बजेसम्म लाभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।