बोल्दा ढङ्ग नपुर्याउने मन्त्री महावीरले गरे एक वर्षसम्म अन्तर्वार्ता नदिने घोषणा
हाम्रा कुरा
प्रकाशित २०८३ असार २७ शनिबार
658
Shares
काठमाडौँ । बोल्दा ढङ्ग नपुर्याउने विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले एक वर्षसम्म कुनै पनि मिडियालाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पुनले कुनै पनि ठूला तथा साना युटुबरसहितका सोसल मिडियाहरू र पत्रकारहरू कसैलाई महत्वपूर्ण विषय भन्दा बाहेक एक वर्षसम्म अन्तर्वार्ता नदिने बताएका हुन् ।
उनले लेखेका छन्, ‘आजदेखि मैले कुनै पनि ठूला साना युटुबरसहित सोसल मिडियाहरू र पत्रकारहरू कसैलाई पनि अति महत्वपूर्ण सार्वजनिक महत्वका विषय बाहेक एक वर्षसम्म एक शब्द पनि अन्तर्वार्ता दिने छैन ।’
ट्राफिक जरिबाना विवादबारे स्पष्टीकरण दिँदै उनले भने, ‘केही दिनअघि सामाजिक सञ्जालका पत्रकारहरूलाई अन्तर्वार्ता दिने क्रममा गुड्ने सवारी साधन र ट्राफिक नियम उल्लंघनको प्रसंगमा ५० हजार जरिबाना गर्नुपर्छ भनी आफूले बोलेको कुरा फिर्ता लिँदै माफी मागेको छु ।’