arrow

अमेरिकाले मनायो स्वतन्त्रताको अढाई सयौँ वार्षिकोत्सव [३५ तस्बिरमा]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २१ आइतबार
independence-day-usa-2026 (25).jpg
तस्बिर : एपी र एएफपी ।

वाशिंगटन डीसी । अमेरिकाले स्वतन्त्रताको २५० औँ वार्षिकोत्सव मनाएको छ । सो क्रममा राजधानी वाशिंगटन डीसी इतिहासकै सबैभन्दा ठूलो आतिशबाजी प्रदर्शनले उज्यालो भयो ।

न्यूयोर्कमा एयर शो तथा मियामीमा कन्सर्ट आयोजना भएको छ । त्यस्तै फिलाडेल्फियासहित देशभर परेड र सांस्कृतिक कार्यक्रमहरू भएका छन् । अमेरिकाको स्वतन्त्रता दिवसलाई सामान्यतया 'फोर्थ अफ जुलाई' पनि भनिन्छ ।

अमेरिकाको यो सबैभन्दा ठूलो र महत्त्वपूर्ण राष्ट्रिय पर्व हो। यस दिन अमेरिका बेलायती साम्राज्यको औपनिवेशिक शासनबाट मुक्त भई एक स्वतन्त्र राष्ट्र बनेको सम्झना गरिन्छ ।

सन् १७७६ जुलाई ४ का दिन अमेरिकाका १३ वटा उपनिवेशका प्रतिनिधिहरूले बेलायतबाट अलग हुने ऐतिहासिक 'स्वतन्त्रताको घोषणापत्र'लाई आधिकारिक रूपमा अनुमोदन गरेका थिए ।

अमेरिकामा यो दिन राष्ट्रिय बिदा हुन्छ र देशैभरि अत्यन्तै हर्षोल्लासका साथ यो पर्व मनाइन्छ । यस दिन मानिसहरू अमेरिकाको राष्ट्रिय झण्डा (रातो, सेतो र नीलो रङ) अङ्कित लुगा कपडा लगाउँछन् र आफ्ना घरहरू सजाउँछन्।

स्वतन्त्रताको घोषणापत्रमा हस्ताक्षर गर्ने दुई प्रमुख नेताहरू—थमस जेफरसन र जोन एडम्स (अमेरिकाका दोस्रो राष्ट्रपति)—को मृत्यु सन् १८२६ जुलाई ४ का दिन, अर्थात् स्वतन्त्रता घोषणा भएको ठीक ५० औँ वर्षगाँठकै दिन भएको थियो ।

independence-day-usa-2026 (2).jpg
independence-day-usa-2026 (3).jpg
independence-day-usa-2026 (4).jpg
independence-day-usa-2026 (5).jpg
independence-day-usa-2026 (6).jpg
independence-day-usa-2026 (7).jpg
independence-day-usa-2026 (8).jpg
independence-day-usa-2026 (9).jpg
independence-day-usa-2026 (10).jpg
independence-day-usa-2026 (11).jpg
independence-day-usa-2026 (12).jpg
independence-day-usa-2026 (13).jpg
independence-day-usa-2026 (14).jpg
independence-day-usa-2026 (15).jpg
independence-day-usa-2026 (16).jpg
independence-day-usa-2026 (17).jpg
independence-day-usa-2026 (18).jpg
independence-day-usa-2026 (19).jpg
independence-day-usa-2026 (20).jpg
independence-day-usa-2026 (21).jpg
independence-day-usa-2026 (22).jpg
independence-day-usa-2026 (23).jpg
independence-day-usa-2026 (24).jpg
independence-day-usa-2026 (25).jpg
independence-day-usa-2026 (26).jpg
independence-day-usa-2026 (28).jpg
independence-day-usa-2026 (29).jpg
independence-day-usa-2026 (30).jpg
independence-day-usa-2026 (31).jpg
independence-day-usa-2026 (32).jpg
independence-day-usa-2026 (33).jpg
independence-day-usa-2026 (34).jpg
independence-day-usa-2026 (36).jpg
independence-day-usa-2026 (37).jpg
independence-day-usa-2026 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ