arrow

नेदरल्याण्ड्समा विश्वकप लिग–२ शृङ्खला खेल्ने नेपाली टोलीको बिदाई [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २१ आइतबार
nepali-cricket-83-3-21.jpg

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृङ्खला खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार बिदाइ गरिएको छ ।

नेदरल्यान्ड्स र नामिबिया विरुद्धको शृंखलामा सहभागी हुने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई आइतबार एक विशेष समारोहबीच बिदाइ गरिएको हो ।

बिदाइ कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले टोलीले गत वर्ष स्कटल्यान्डमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्याउने विश्वास व्यक्त गरे ।

यसैगरी बिदाइ समारोहलाई सम्बोधन गर्दै नेपाली टोलीका कप्तान रोहित पौडेलले टोलीको संयोजन सन्तुलित रहेको र उत्कृष्ट प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए ।

उनले भने, ‘हाम्रो टोलीको संयोजन निकै राम्रो छ। नेदरल्यान्ड्स र नामिबियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएका छौँ। त्यसअनुसार मानसिक तयारी गरेका छौँ र प्रत्येक खेलाडीले आफ्नो शतप्रतिशत प्रदर्शन गर्नेछ ।’

नेपालले जुलाई २१ देखि सुरु हुने नेदरल्यान्ड्स, नामिबिया र नेपाल सम्मिलित लिग–२ शृङ्खलाअघि जर्सीमा तयारी क्याम्प गर्नेछ । त्यहाँ जुलाई १३ र १५ मा दुई अभ्यास एकदिवसीय खेल पनि खेल्ने क्यानले जनाएको छ ।

worldcup-league2-nepal-netherlands-83-3-21 (1).jpeg
worldcup-league2-nepal-netherlands-83-3-21 (2).jpeg
worldcup-league2-nepal-netherlands-83-3-21 (3).jpeg
worldcup-league2-nepal-netherlands-83-3-21 (4).jpeg
worldcup-league2-nepal-netherlands-83-3-21 (5).jpeg
worldcup-league2-nepal-netherlands-83-3-21 (6).jpeg
worldcup-league2-nepal-netherlands-83-3-21 (7).jpeg
worldcup-league2-nepal-netherlands-83-3-21 (8).jpeg
worldcup-league2-nepal-netherlands-83-3-21 (9).jpeg
worldcup-league2-nepal-netherlands-83-3-21 (10).jpeg
worldcup-league2-nepal-netherlands-83-3-21 (11).jpeg
worldcup-league2-nepal-netherlands-83-3-21 (12).jpeg
worldcup-league2-nepal-netherlands-83-3-21 (3).jpg
worldcup-league2-nepal-netherlands-83-3-21 (4).jpg
worldcup-league2-nepal-netherlands-83-3-21 (1).jpg
worldcup-league2-nepal-netherlands-83-3-21 (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ