arrow

परीक्षा सकिएको एक हप्तामै तीनवटै सङ्कायको नतिजा सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
exam-koriyen.jpg.jpeg

काठमाडौँ । बागमती विश्वविद्यालयले आफ्नो स्थापनाको छोटो समयमै परीक्षा प्रणालीमा ठूलो सुधार गर्दै इतिहास रचेको छ। विश्वविद्यालयले आफूअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेस्टरको परीक्षा सकिएको एक हप्ताभित्रै नतिजा प्रकाशित गरेको छ। समयसापेक्ष गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई पनि उत्तिकै प्रभावकारी र प्रविधिमैत्री बनाउँदै परीक्षाफल समयमै प्रकाशन गर्ने लक्ष्यअनुरूप परीक्षा सम्पन्न भएको सातौँ दिनमा आज नतिजा बाहिर ल्याइएको हो।

विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टीज) का अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले परीक्षा सकिएको सातौँ दिनमै तीनवटै सङ्कायको पहिलो सेमेस्टरको परीक्षाफल प्रकाशन गरिएको जानकारी दिए। विश्वविद्यालयले एक वर्षयता व्यवस्थापन र कानुन (म्यानेजमेन्ट एन्ड ल), विज्ञान तथा प्रविधि (साइन्स एन्ड टेक्नोलोजी) का साथै शिक्षा तथा सामाजिक विज्ञान (एजुकेसन एन्ड सोसिएल साइन्स) सङ्कायमा स्नातक तहको कक्षा सञ्चालन सुरु गरेको थियो। तिनै सङ्कायमा अध्ययनरत विद्यार्थीहरूको पहिलो सेमेस्टरको नतिजा एकैसाथ सार्वजनिक गरिएको उनले बताए।

विश्वविद्यालयका अनुसार प्रकाशित परीक्षाफलमा विद्यार्थीहरूको उत्तीर्ण प्रतिशत निकै उत्साहजनक देखिएको छ। जसमा व्यवस्थापन र कानुन सङ्कायमा ७२.५८ प्रतिशत, विज्ञान तथा प्रविधि सङ्कायमा ७९.०३ प्रतिशत र शिक्षा तथा सामाजिक विज्ञान सङ्कायमा सबैभन्दा बढी ८९.४४ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका छन्। नेपालका अन्य विश्वविद्यालयहरूमा नतिजा आउन महिनौँ लाग्ने परिप्रक्ष्यमा बागमती विश्वविद्यालयले देखाएको यो कार्यकुशलतालाई विद्यार्थी र सरोकारवालाहरूले निकै सकारात्मक रूपमा लिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ