arrow

'धुलोमाण्डौमा सरकार मलाई नमार' भन्दै विवेकशीलको प्रदर्शनी

logo
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
bibeksil-dhulmandu.jpeg
काठमाडौं । 'धुलोमाण्डौमा सरकार मलाई नमार' भन्दै विवेकशील नेपाली दलले शुक्रबार काठमाडौंको चावहिल चोक देखि गौशाला चोक सम्म टाउकोमा नारा सहितको टोपी लगाई शान्तिपूर्ण प्रदर्शनी गरेको छ।  
 
सरकारको अव्यवस्थित सडक निर्माणको योजना र त्यसले निम्त्याएको तिब्र धुवाँ-धुलोले आमजनताको श्वाससप्रस्वास र आवतजावत गर्न समेत अप्ठ्यारो परि ज्यान नै धरापमा पर्ने सम्भावना रहेको साथै विकास निर्माणका कार्यहरु चुस्त र शिघ्र रुपले सम्पन्न गर्न नसकेको भन्दै दलले विगत एक महिना देखि काठमाडौंको विभिन्न ठाउँमा यस विरुद्ध विभिन्न रचनात्मक कार्यक्रम संचालन गर्दै आएको छ । 
 
“संसारको सबै भन्दा सुन्दर शहर काठमाण्डौको अहिले देश-विदेशमा चर्चा छ तर यसको सुन्दरताको होइन धुलोमाण्डौले बनाएको कुरूपताको छ।  त्यसैले हामीले यस विरुद्ध आवाज उठाउन जरुरि छ । “, कार्यक्रममा सहभागी सारा प्याकुरेलले बताईन् ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ