arrow

तोलामा १६ सयले घट्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ९ मंगलबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउ घटेको छ । सोमबारको मंगलबार तुलनामा सुनको भाउ तोलामा एक हजार छ सय र चाँदीको एक सय ४० रुपैयाँ घटेको हो।

मूल्य घटेसँगं मंगलबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८७ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

यसअघि सोमबार सुनको भाउ प्रतितोला दुई लाख ८८ हजार सात सय रुपैयाँ रहेको थियो ।

यता, सोमबार चार हजार सात सय ३० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ मंगलबार घटेर चार हजार पाँच सय ९० रुपैयाँ कायम भएको महासघले जनाएको छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो ।

उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ