arrow

निर्वाचन कसैले टार्न सक्दैनः नेता पौडेल

logo
प्रकाशित २०७३ फागुन २६ बिहिबार
Ramchandra-Poudel-11.jpg.jpeg
बागलुङ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताएका छन् । 
 
नेपाली काँगेस बागलुङ क्षेत्र नं २ को भेलालाई बिहिबार कुश्मीसेरामा सम्बोधन गर्दै पौडेलले निर्वाचन कसैले चाहेर पनि टार्न नसक्ने बताए । 
 
नेता पौडेलले “मुलुक निर्वाचनतिर होमिएको छ, अब कुनैपनि ताकतले निर्वाचन रोक्न सक्दैन” भन्दै “संविधान कार्यान्वयनका लागि निर्वाचन अहिलेको प्रमुख आवश्यकता हो" भने । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ