arrow

हाम्रो गाडी 'एक्सप्रेस वे' मा छ, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ: प्रधानमन्त्री साह

सरकारको गति र काम पूर्ण रूपमा नियन्त्रणमै रहेको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
balen-07.jpg

काठममाडौँ । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र साह (बालेन)ले सरकारको गति र काम पूर्ण रूपमा नियन्त्रणमै रहेको दाबी गरेका छन्। चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकारको यात्रा अनियन्त्रित नभएको र यसका लागि अनुकूल वातावरण बनेको स्पष्ट पारे।

सम्बोधनका क्रममा प्रधानमन्त्री साहले नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले उठाएका प्रश्न र चिन्ताको रोचक जवाफ फर्काए। नेता ज्ञवालीले सरकारलाई गाडीसँग तुलना गर्दै एक्सलेटरसँगै ब्रेक पनि आवश्यक पर्ने भनी राखेको भनाइप्रति लक्षित गर्दै उनले सरकारको गाडी कुनै स्थानीय सडक (लोकल रोड) मा नभई तीव्र गतिको ‘एक्सप्रेस वे’ मा गुडिरहेकाले चिन्ता नलिन आग्रह गरे।

स्थानीय सडकहरूमा हिँड्दा मात्र दायाँ-बायाँबाट आउने गाडीहरूका कारण जुनसुकै बेला ब्रेक लगाउनुपर्ने अवस्था आउने टिप्पणी गर्दै उनले सरकार सही दिशा र मार्गमा अघि बढेको उल्लेख गरे।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री साहले भने, "सरकार भनेको त गाडी जस्तो हो, एक्सलेटर मात्र होइन ब्रेक पनि हुन्छ भन्नुभएको छ। ब्रेक पनि लाउनुपर्छ भन्दै चिन्ता पनि मान्नुभएको छ। त्यस्तो चिन्ता लोकल रोडहरूतिर हिँड्दा लिनुपर्ने हो, जहाँ कहिले लेफ्टबाट र कहिले राइटबाट गाडी आउँदो रहेछ। तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन। एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ। र हाम्रो गाडी अनियन्त्रित पनि छैन। वातावरण पनि मिलेर गएको छ।"

प्रधानमन्त्री साहले आफ्नो नेतृत्वको सरकार मुलुकमा सुशासन कायम गर्न, विधिको शासन बलियो बनाउन र तीव्र विकास निर्माणका कार्यहरू अगाडि बढाउन पूर्ण रूपमा प्रतिबद्ध रहेको कुरामा जोड दिए। उनले जनअपेक्षा बमोजिम नै सरकारले आफ्ना कामकारबाहीलाई तार्किक निष्कर्षमा पुर्‍याएरै छाड्ने दृढता समेत व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ