arrow

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा औपचारिक रूपमा शुरू भएको छ। भरतपुरस्थित गेस्टहाउस चौरमा विशेष रूपमा निर्माण गरिएको अत्याधुनिक वाटरप्रुफ डोमभित्र केही बेरअघि महाधिवेशनको उद्घाटन सत्र शुरू भएको हो। 

पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय राजनीतिमा बलियो प्रभाव जमाउन सफल रास्वपाको यस ऐतिहासिक महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र साह (बालेन) र पार्टी सभापति रवि लामिछानेले संयुक्त रूपमा गर्ने कार्यतालिका रहेको छ।

रास्वपाको यस महत्त्वपूर्ण राजनीतिक उत्सवमा ऐक्यबद्धता जनाउन र शुभकामना दिन देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू महाधिवेशन स्थलमा पुगेका छन्। उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवाली र नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन मञ्चमा आसिन भइसकेका छन्। 

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत लगायतका अन्य शीर्ष नेताहरू पनि शुभकामना दिन महाधिवेशन स्थल भरतपुर पुगेका छन्। देश–विदेशबाट आएका हजारौँ प्रतिनिधि र शुभेच्छुकहरूको उत्साहजनक उपस्थितिका बीच शुरू भएको यस महाधिवेशनलाई राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ