arrow

रास्वपा महाधिवेशनमा पुगे बाबुराम, वर्षमान र प्रदीप, अझै शुरू भएन कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
baburam-barshaman.jpg

काठमाडौँ। रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरस्थित हेस्टहाउस चौरमा शुरू हुँदैछ ।

महाधिवेशनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली र नेकपा नेता वर्षमान पुन कार्यक्रस्थलमा पुगिसकेका छन् ।

रास्वपाले शुभकामना दिन अरू पार्टीका नेतालाई पनि आमन्त्रण गरेको थियो।

कार्यक्रम स्थलमा रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटी, परराष्ट्र मन्त्री शिशिर खनाल, प्रवक्ता मनिष झा लगायत केही नेताहरू छन् । महाधिवेशनमा प्रधानमन्त्री बालेन साह, सभापति रवि लामिछानेलगायत पदाधिकारीहरू आइपुगिसकेका छैनन्।

दिउँसो १ बजे कार्यक्रम उद्घाटन गर्ने भने पनि अहिलेसम्म शुरू हुन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ