arrow

स्थानिय तहको निर्वाचनको माहौल बन्दै

logo
सुरेश श्रेष्ठ ।
प्रकाशित २०७३ फागुन २६ बिहिबार
mahila-dang.jpeg
दाङ । सांसद अनारकली मियाँले बैशाष ३१ गते हुन गई रहेको स्थानिय तहको निर्वाचनको माहौल बन्दै गएको बताएकी छन्। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आज बिहीबार तुलसीपुरमा आयोजना गरिएको स्थानिय तहको निर्बाचन अबसर र चुनौति बिषयक अन्तरक्रिया कार्यमक्रमा उनले संबिधानले ब्यबस्था गरेको अधिकार महिलाहरुले कार्यान्वयन गर्नुपर्ने अबस्था रहेको बताइन । स्थानिय तहको निर्बाचनमा प्रमुख तथा उपप्रमुख महिला हुने र अन्य पदहरुमा पनि महिलाको सहभागिता राम्रो हुने उनले बताइन् । महिलाहरुले अब केही दिन निर्वाचनको माहौल बनाउन जुट्नु पर्ने अबस्था आएको र यो सयम अत्यन्त अबसरको रुपमा रहेको उनले बताइन । 
 
महिला मानव अधिकार रक्षक सञ्जालीकी केन्द्रीय सचिब लक्ष्मी आचार्यले जिल्लामा महिलाहरु अबस्था अत्यन्त राम्रो रहेको र उनीहरुले राजीनितिक क्षेत्रमा मात्र नभई सामाजीक क्षेत्रमा समेत पहिलो भूमिका खेल्दै आएको दाबी गरिन । स्थानिय तहको निर्बाचनमा पनि क्षमताबान महिलाहरुको प्रतिनीधित्व हुने बिश्वास आचार्यको छ।
 
महिला मानव अधिकार रक्षककी जिल्ला संयोजक सुष्मा गिरीले संबिधान र कानुनमा ब्यबस्था भएपनि महिलाहरुको अधिकार सुनिश्चितताका लागि कार्यान्वयनको समयमा भने हुन नसकेको तितो यर्थातता रहेको गुनासो गरिन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ