arrow

रहेनन् हास्य कलाकार चतुरे

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
chaturey-ss.jpg

काठमाडौँ । चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’ को निधन भएको छ। अमेरिकाको बाल्टिमोरमा उपचारका क्रममा आइतबार बिहान उनको निधन भएको हो।

पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका शर्मा विगत ७ वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए। उनी लामो समयदेखि क्यान्सरविरुद्धको उपचारमा रहेका थिए।

हास्य टेलिफिल्म ‘चतुरेको दाउपेच’ बाट नेपाली दर्शकमाझ निकै चर्चामा आएका शर्माले थुप्रै टेलिफिल्म तथा चलचित्रहरूमा अभिनय गरेका छन्। 

अभिनय मात्र नभई उनले आफैँ ‘चतुरेको दाउपेच’ नामक चलचित्रको निर्माण समेत गरेका थिए। उनको निधनप्रति नेपाली कलाक्षेत्रका कलाकार तथा प्रशंसकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ