arrow

विश्वकप महिला टी–२० मा भारतको लगातार दोस्रो जित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ४ बिहिबार
india-t20-wc-2026-women.jpg

काठमाडौँ । विश्वकप महिला टी–२० क्रिकेटमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ । 

इङ्गल्याण्डको लिड्समा भएको खेलमा भारतले नेदरल्याण्ड्सलाई ९५ रनले हराएको हो । 

खेलमा पहिले ब्याटिङ्ग गरेको भारतले ५ विकेटको क्षतिमा २०९ रन बनायो । स्मृती मन्धनाले ४७ बलमा ७४ रन बनाइन् ।  पहिलो विकेटका लागि स्मृतीसँग मिलेर ११५ रनको साझेदारी गर्ने क्रममा शेफाली वर्माले ३८ बलमा ५५ रन जोडिन् । 

जवाफमा नेदरल्याण्ड्सले १७.३ ओभरमा अलआउट हुँदै ११४ रनमात्र बनाउन सक्यो । श्री चरनीले ४ तथा शेफालीले ३ विकेट लिइन् ।

पहिलो खेलमा भारतले पाकिस्तानलाई हराएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ