arrow

विश्वकपमा इरान र न्यूजिल्याण्डबीचको खेल जारी, मध्यान्तरसम्म बराबरी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २ मंगलबार
fifa-world-cup-2026-balls.jpg

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत अहिले इरान र न्यूजिल्याण्डबीचको खेल भइरहेको छ । खेलको मध्यान्तरसम्म १–१ गोलको बराबरी भएको छ । 

खेलको ७ मिनेटमै गोल गर्दै न्यूजिल्याण्डले अग्रता लियो । एलिजा जस्टले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । उनलाई क्रिस वुडले बल पास दिएका थिए । 

३२ औँ मिनेटमा इरानका रामिन रेजाइनले गोल गर्दै बराबरीमा ल्याए । खेलमा सात मिनेट इन्जुरी समय थपिएको थियो । 

दुवैबीच कडा टक्करको खेल भएको छ । न्यूजिल्याण्डले ५१ तथा इरानले ४९ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिएको छ । 

यो समूह एचको खेल हो । यो समूहमा बेल्जियम र इजिप्ट पनि छन् । पहिलो खेलमा दुवैले आपसमा १–१ गोलको बराबरी खेलेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ