गरिबको टेम्पो भीरबाट गुल्ट्याउनेलाई कारबाही होस् : हर्कराज राई [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार
231
Shares
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रहरीको पछिल्लो कार्यशैली र अमानवीय व्यवहारप्रति आपत्ति जनाउँदै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सोमबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले राष्ट्रिय स्वाभिमान, नागरिक अधिकार र सुरक्षाको विषयमाथि थुप्रै प्रश्नहरू उठाएका हुन्।
प्रहरी प्रशासनले सर्वसाधारणमाथि गर्ने दमनकारी र उच्छृङ्खल कार्यशैलीको चर्को आलोचना गर्दै सांसद राईले परीक्षाका क्रममा विद्यार्थीहरूको मोबाइल खोसेर पानीमा नष्ट गरिएको र एक विपन्न टेम्पो चालकको सवारी साधनलाई प्रहरीले नै भीरबाट खसालीदिएको घटना संसद्मा उठाए।
उनले आक्रोश पोख्दै भने, “विद्यार्थीका मोबाइल खोसेर पानीमा डुबाउने र गरिबको टेम्पो भीरबाट गुल्ट्याउने जस्ता अमानवीय कार्य गर्ने सुरक्षाकर्मीलाई तत्काल कारबाही हुनुपर्छ।” उनले आफ्नो रोजीरोटी गुमाएका ती पीडित टेम्पो चालकलाई तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग गरे।