भारतले अफगानिस्तानलाई हरायो, डेब्यु खेलाडी गुरनुर र हर्षलाई समान तीन विकेट
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३१ आइतबार
847
Shares
काठमाडौँ । भारतले पहिलो एक दिवसीय क्रिकेटमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै तीन खेलको शृङ्खलामा १-० को अग्रता लिएको छ। धर्मशालामा भएको खेल वर्षाका कारण २५-२५ ओभरमा घटाइएको थियो।
भारतले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । अफगानिस्तान २४.५ ओभरमा १९४ रनमा अलआउट भएको थियो। रहमानउल्लाह गुरबाजले ४८ बलमा आफ्नो नवौँ एक दिवसीय शतक बनाए। उनले ८ चौका र ८ छक्का सहित १०२ रन बनाए।
भारतका लागि डेब्यु खेलाडी हर्ष दुबे र गुरनुर ब्रारले ३-३ विकेट लिए। अर्शदीप सिंह र नितिश कुमार रेड्डीले २-२ विकेट लिए।
१९५ रनको लक्ष्य पछ्याउँदै भारतले २२.५ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य हासिल गर्यो। कप्तान शुभमन गिलले ६६ बलमा अविजित ८४ रन बनाए। केएल राहुल ३९ रनमा अविजित रहे। इशान किशनले पनि ३४ रन बनाए । रोहित शर्मा १६ रन बनाएर रनआउट भए ।