arrow

बैंकिङ कसूरमा साह महोत्तरीबाट पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३० शनिबार
santosh-saha-safe.jpg

काठमाडौँ। सेफ सन्तोष साह पक्राउ परेका छन्। शुक्रबार राति उनलाई महोत्तरीबाट प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुरसम्बन्धी पक्राउ पुर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।

गैरीधारास्थित एक रेष्टुरेन्ट खरिदका क्रममा बैंकिङ कसुर गरेको आरोपमा साहविरुद्ध मुद्दा दर्ता भएको थियो। आरोपअनुसार उनले उक्त रेष्टुरेन्ट एक करोड ३० लाख रुपैयाँमा खरिद गरे पनि सम्झौताअनुसारको सम्पूर्ण रकम भुक्तानी नगरेको बताइएको छ।

रेष्टुरेन्ट बिक्री कर्ता शकुन्तला अधिकारी (थापा) ले बाँकी रकम नपाएको भन्दै साहविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गरेकी थिइन्।

सोही मुद्दाको आधारमा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले उनलाई महोत्तरीबाट पक्राउ गरेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ