तस्बिर : सन् २०२२ को विश्वकप जितेपछि अर्जेन्टिनी कप्तान लियोनल मेसी ।
काठमाडौँ । विश्वकप फुटबलको यसपालिको संस्करण बिहीबारदेखि शुरू भएको छ । तीन राष्ट्रको आयोजनामा शुरू भएको विश्वकपमा पहिलो पटक ४८ टिम सहभागी छन् ।
१६ सहरमा १०४ खेल हुँदैछन् । ९६ वर्षपछि पहिलो पटक तीन देशले आयोजना गर्दैछन् । १२ समूहमा रहेर हुने प्रारम्भिक चरणबाट दोस्रो चरणमा ३२ देश पुग्नेछन् ।
यसपालि सबैभन्दा चर्चामा रहेका लियोनल मेसी र क्रिष्टियानो रोनाल्डोसहित एक हजार २४८ खेलाडीमा सबैको नजर हुनेछ ।
चार देश केब भर्डे, जोर्डन, उज्वेकिस्तान र क्युरासाओले पहिलो पटक विश्वकप खेल्दैछन् । हैटीले सन् १९७४ पछि पहिलो पटक विश्वकप खेल्दैछ । त्यस्तै अष्ट्रिया, नर्वे र स्कटल्याण्डले सन् १९९८ पछि पहिलो पटक विश्वकपमा खेल्दैछन् ।
क–कसले जिते फाइनल ? सबैभन्दा बढी को पुग्यो फाइनलमा बढी ?
सन् १९३० देखि विश्वकप फुटबलमा अहिलेसम्म केबल आठ राष्ट्रले मात्र उपाधि जितेका छन् । जसमा सर्वाधिक सफल ब्राजिलले ५ पटक उपाधि जितेको छ ।
जर्मनी र ईटालीले समान ४ पटक उपाधि जितेका छन् । सन् २०२२ को विजेता अर्जेन्टिनाले तीन पटक उपाधि चुमेको छ ।
फ्रान्स र उरुग्वेले समान दुई पटक उपाधि जित्दा स्पेन र इङ्गल्याण्डले एक पटक उपाधि उचालेका छन् ।