arrow
ADVERTISEMENT

दैनिकी बाँदरको चौकीदारीमै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
monkey-badar.jpg

बागलुङ। बागलुङको जैमिनी नगरपालिका-१, कुश्मीसेरा सिरुबारीका ७९ वर्षीय लक्ष्मीदत्त पाध्याको दैनिकी बाँदरको चौकीदारीमा बित्ने गरेको छ ।

सिरुबारीको गैराबारी खेतमा उनको करिब सातमुरी मकै फल्ने जमिन छ। उक्त जमिनमा लगाएको मकै जोगाउन उनी बाँदरको चौकीदारी गर्छन् । बाँदरले मकै मात्र होइन, अन्य बाली पनि नष्ट गर्ने गरेको छ ।

बाँदरको आतङ्कले खेतबारीमा लगाएको मकै जोगाउन उनी चार वर्षदेखि नियमित रूपमा बाँदरको चौकीदारी गर्दै आएका छन् ।

उनी हरेक बिहान ५ः०० देखि बेलुका ७ः०० बजेसम्म सडक छेउको छाप्रोमा कुकुर र गुलेलीसहित चौकीदारी गर्छन्।

“बाँदर आयो भने मलाइँ टेर्दैन्, कुकुर देखे केही पर जान्छन् गुलेलीसँग डराउँछन”, लक्ष्मीदत्तले भने, “बथानमा आयो भने त कुकुरलाई पनि टेर्दैनन् ।”

सिरुबारी र आसपासका क्षेत्रमा बाँदरआतङ्क अहिले किसानका लागि सबैभन्दा ठूलो समस्या बनेको छ । कतिपयले खेती गर्नै छोडेका छन् ।

जैमिनी नगरपालिकाका सबै वडामा बाँदर आतङ्कले हैरान बनाएको छ । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बाँदरआतङ्ककै कारण जैमिनीका केही बस्ती नै बसाइँसराइ गएको बताउँछन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ