दशकमा आठ पटक समय थपियो, बनेनन् तीन आकाशे पुल [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
189
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । काठमाडौँको चक्रपथ अन्तर्गत बल्खु, ललितपुरको सानेपा र महालक्ष्मीस्थानमा निर्माणाधीन आकाशे पुल एक दशक बित्न लाग्दा पनि सम्पन्न हुन सकेका छैनन् ।
२०७४ सालमा ठेक्का सम्झौता भएका यी पुलहरूको म्याद आठ पटक थप भइसकेको छ भने नवौँ पटक थप्ने तयारी भइरहेको छ। हालसम्म तीन ओटै पुलको भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको बताइएको छ।
बल्खु, सानेपा र महालक्ष्मीस्थानमा पुलका खम्बा तथा र्याम्प निर्माण भए पनि अन्य काम अझै बाँकी छन् । चक्रपथ सुधार योजनाका प्रमुख इन्जिनियर आशिका पोखरेलका अनुसार पुलमा जडान हुने रेलिङ लगायतका सामग्री कारखानामा निर्माण भइरहेका छन् ।
असारभित्र सबै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
तीन ओटै पुलको निर्माण लागत करिब चार–चार करोड रुपैयाँ रहेको छ । प्रारम्भिक सम्झौताअनुसार २०७५ सालमै काम सम्पन्न हुनुपर्ने भए पनि पटक–पटक म्याद थपिँदा पनि निर्माण पूरा हुन सकेको छैन ।
आकाशे पुल निर्माणमा भएको ढिलाइका कारण व्यस्त चक्रपथमा पैदल यात्रुहरू जोखिम मोलेर सडक पार गर्न बाध्य छन् ।