छ दशक लामो विरासतलाई अगाडि बढाउन सक्रिय छ राष्ट्रिय वाणिज्य बैंकः सीईओ खनाल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
2.3k
Shares
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक अहिले नेपालकै विश्वासिलो बैंकमा पर्छ । छ दशकभन्दा लामो इतिहास बोकेको यो बैंक विश्वासिलो बैंक बन्नुका पछाडि यसले ग्राहकका लागि देखाएको इमानदारी नै हो ।
उसले ग्राहकको भरोसा जितेको छ । यो बैंकले कोभिड जस्ता केही महत्वपूर्ण घडीमा पनि आफ्नो अस्तित्व जोगाउन सफल भएको छ । बैंकले आईसीटी अवार्ड २०२४ को बैंकिङ पार्टनर बनेर प्रविधिमा पनि आफू अगाडि नै रहेको प्रमाणित गरेको छ ।
नेपाल राष्ट्र बैंकको क वर्गको इजाजत प्राप्त बैंकमा डटिरहेको राष्ट्रिय वाणिज्य बैंकले अहिलेसम्म गरेको प्रगति, वित्तीय संस्थाको रूपमा खेलेको भूमिका, प्रभुत्व जमाइराख्न अबको योजना, संगठनात्मक संरचना, प्रविधिमा अब्बलता र निजी बैंकहरू सँगको प्रतिस्पर्धा लगायतका विषयमा आधारित रहेर बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चार्टर्ड एकाउन्टेन्स देवेन्द्ररमण खनालसँग कुराकनी गरेका छौँ । यस्तो छ उनीसँगको संक्षिप्त कुराकानीः