arrow

पाकिस्तानको वजिरिस्तानमा २७ आतङ्ककारी मारिए

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
Pakistan-Army-Conflicts.jpg

काठमाडौँ। पाकिस्तानका सुरक्षा बलहरूले पछिल्लो ७२ घण्टामा खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान जिल्लामा सञ्चालन गरिएको गुप्तचर-आधारित शृंखलाबद्ध कारबाहीमा २७ जना आतङ्ककारी मारिएको पाकिस्तानी सेनाको जनसम्पर्क विभागले जनाएको छ ।

सेनाका अनुसार मिरान शाह क्षेत्रमा रहेका विभिन्न आतङ्ककारी आश्रयस्थलहरूलाई लक्षित गरी सुरक्षा बलहरूले कारबाही सञ्चालन गरेका थिए । त्यस क्रममा भएको भीषण गोली हानाहानमा २७ जना आतङ्ककारी मारिएका हुन् ।

कारबाहीपछि घटनास्थलबाट ठूलो मात्रामा हतियार र गोलाबारुद बरामद गरिएको सेनाले जनाएको छ । ती समूहहरू उक्त क्षेत्रमा नागरिक लक्षित हत्या तथा विभिन्न आतङ्कवादी गतिविधिमा संलग्न रहेको दाबी गरिएको छ ।

सेनाले मिरान शाहमा स्थानीय प्रभावशाली व्यक्तित्व मलिक सैफुल्लाह दावरको हत्याको बदला लिइएको उल्लेख गर्दै उक्त आक्रमणमा संलग्न व्यक्तिहरूलाई कारबाहीमार्फत नियन्त्रणमा लिइएको जनाएको छ ।

क्षेत्रलाई पूर्ण रूपमा आतङ्कमुक्त बनाउन थप सफाइ अभियान जारी रहेको र यो कारबाही देशको जारी आतंकवाद विरोधी अभियानको हिस्सा भएको सेनाले जनाएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ