arrow

झापाको मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २४ आइतबार
ajingar-tanahun.jpg
तस्बिर फाइल

काठमाडौँ । झापाको मेचीनगर नगरपालिका–४ स्थित माताचोक नजिकै गोरेटो बाटोको छेउमा १५ फिट लामो अजिङ्गर फेला परेको छ। गएराति करिब ११ बजे स्थानीय बासिन्दाले अजिङ्गर देखेपछि तत्काल प्रहरी चौकी बाहुनडाँगीलाई खबर गरेका थिए।

सूचना पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेर अजिङ्गरको सुरक्षित रूपमा उद्धार गरेको हो। उद्धार गरिएको अजिङ्गरलाई तत्कालका लागि प्रहरी चौकी बाहुनडाँगीमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन बानियाँले जानकारी दिए। उनका अनुसार अजिङ्गरलाई सुरक्षित प्राकृतिक बासस्थानमा छाड्नका लागि डिभिजन वन कार्यालय बाहुनडाँगीसँग आवश्यक समन्वय भइरहेको छ।

यस क्षेत्रमा वन जङ्गल नजिकका बस्ती भएकाले बेलाबेला अजिङ्गर, जङ्गली हात्ती तथा अन्य वन्यजन्तु गाउँ पस्ने गरेका छन्। प्रहरीले गाउँबस्तीमा यस्ता वन्यजन्तु देखा परेमा उत्तेजित नहुन, नजिक नजान र तत्काल सुरक्षित उद्धारका लागि सम्बन्धित निकायमा खबर गर्न स्थानीय बासिन्दालाई आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ