-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मेहनत गर निरन्तर
सफलता हुन्छ नजिकतर
आजको संघर्ष सम्झना बन्छ
भोलिको जीत इतिहास बन्छ ।
हारले पनि पाठ सिकाउँछ
संघर्षले साहस बढाउँछ
कठिनाइलाई जित्दै जाँदा
जीवनले नयाँ उचाइ चुमाउँछ ।
कर्मलाई जसले पूजा ठान्छ
उसैले सफलताको शिखर चढ्छ
आज रोपेका आशाका बीउ
भोलि बन्नेछन् सफलताका रूख
अटल विश्वास साथ लिएर
अघि बढ्दै जाऊ निरन्तर ।
किनकि,
मेहनत कहिल्यै खेर जाँदैन
सच्चा प्रयास कहिल्यै हार्दैन
आजको पसिना मोती बन्छ
भोलिको जीवन गौरव बन्छ ।