arrow

कांग्रेस क्रियाशील सदस्यता अद्यावधिकको समय थप्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २१ बिहिबार
Bhanu Dhakal.jpg

पोखरा । नेपाली कांग्रेस कास्कीका सचिव भानुभक्त ढकालले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप गर्न माग गरेका छन्।

उनले कांग्रेसका सभापित गगनकुमार थापालाई खुला पत्र लेख्दै डिजिटल माध्यमबाट सञ्चालन भइरहेको सदस्यता अद्यावधिक अभियानका लागि थप केही हप्ताको समय दिन आग्रह गरेका हुन्।

कांग्रेस केन्द्रीय कार्यसमितिले क्रियाशील सदस्यता अद्यावधिकका लागि जेठ २१ गतेसम्मको समयसीमा निर्धारण गरेको थियो। तर अझै धेरै कार्यकर्ता प्रक्रियामा सहभागी भइरहेकाले समय थप्न आवश्यक रहेको ढकालले बताएका छन्।

उनका अनुसार डिजिटल माध्यमबाट सञ्चालन गरिएको अभियानले देशभित्र तथा विदेशमा रहेका कांग्रेस कार्यकर्तामा नयाँ उत्साह र ऊर्जा सिर्जना गरेको छ।

खुला पत्रमा ढकालले लेखेका छन्, “शुरूआतमा केही चुनौती देखिए पनि अहिले देश–विदेशका साथीहरू उत्साहजनक रूपमा सहभागी भइरहेका छन्। अझै धेरै साथीहरू प्रक्रियामा सहभागी हुने क्रममा रहेकाले संगठनलाई थप समावेशी र बलियो बनाउन समय थप गर्न आवश्यक छ।”

उनले नेपाली कांग्रेस कुनै व्यक्ति वा समूहको मात्र नभई लाखौं कार्यकर्ताको आशा, विश्वास र बलिदानले बनेको साझा राजनीतिक धरोहर भएको उल्लेख गरेका छन्।

ढकालले पार्टीभित्र देखिएका भ्रम र निराशा चिर्दै एकताबद्ध भएर अघि बढ्न कांग्रेसजनलाई आह्वान गरेका छन्।

समयको मागअनुसार कांग्रेसलाई प्रविधिमैत्री, व्यवस्थित र जनमुखी संगठनका रूपमा विकास गर्न डिजिटल सदस्यता अभियानले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ।

संगठनको हितका लागि विभाजनको होइन, एकताको मार्ग रोज्दै डिजिटल अभियानलाई सफल बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ