arrow

परराष्ट्रमन्त्री खनाल शुक्रबार भारतको औपचारिक भ्रमणमा जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २१ बिहिबार
sisir-khanals-21.jpg

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा. एस. जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी डा. जयशङ्करसँग औपचारिक भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । सो भेटघाटका क्रममा दुई देशबीचको द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा विकास तथा जनस्तरको सम्बन्ध लगायतका विविध पारस्परिक हितका विषयमा विस्तृत छलफल हुनेछ ।

उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको एक हिस्साका रूपमा हुन लागेको यस भ्रमणले नेपाल र भारतबिच रहीआएको सदियौँ पुरानो र बहुआयामिक सम्बन्धलाई अझ बढी सुदृढ तथा प्रगाढ तुल्याउन महत्त्वपूर्ण सहयोग गर्ने विश्वास लिइएको छ । परराष्ट्रमन्त्री खनाल आफ्नो तीन दिने भ्रमण सम्पन्न गरी यही जेठ २४ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ