arrow

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २१ बिहिबार
congress------------.jpg

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (बिहीबार) बस्ने भएको छ। बैठक दिउँसो १:०० बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बस्ने तय भएको हो।

यस बैठकमा मुख्य गरी पार्टीको आन्तरिक अनुशासन, विभिन्न माध्यमबाट प्राप्त भएका उजुरीहरू र समितिको भावी कार्ययोजनाका बारेमा विस्तृत छलफल हुने बताइएको छ। 

बैठकमा महत्त्वपूर्ण विषयमा छलफल हुने भएकाले समितिका सबै सदस्यहरूलाई तोकिएको समयमै उपस्थित हुन निर्देशानुसार अनुरोध गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ