arrow

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू [भिडियो]

ओजोन तह संरक्षणसम्बन्धी मोन्ट्रियल प्रोटोकल सम्झौता स्वीकृत, सशस्त्र प्रहरीको एआईजीमा अन्जनी कुमार पोख्रेल बढुवा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १९ मंगलबार
sasmit-pokhrel-19-.jpg

काठमाडौं । सरकारले संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप) बाट ओजोन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को मङ्गलवार बसेको बैठकले वातावरण संरक्षण र ओजोन तहको सुरक्षासँग जोडिएको यो महत्त्वपूर्ण सम्झौतालाई अघि बढाउने निर्णय गरेको हो।

यस्तै, बैठकले सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) अन्जनी कुमार पोख्रेललाई बढुवा गर्ने निर्णय गरेको छ।

यसैगरी, २०८० साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले पेस गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यअवधि ४५ दिन थप गर्ने निर्णय बैठकले गरेको छ।

बैठकले भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला (कास्की) लाई नियुक्त गरेको छ। यसैगरी समितिको सदस्य पदमा अमीरप्रसाद न्यौपाने (काठमाडौँ), पद्मनीति सोती (लमजुङ) र डा। रोहना श्रेष्ठ (काठमाडौँ) लाई नियुक्ति गर्ने निर्णय समेत गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ