arrow

उपभोगमुखी बजेटले रोजगारी सिर्जना गर्न सक्दैन: डा. युवराज खतिवडा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १९ मंगलबार
yubraj-khatiwada-19-02.jpg

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले उपभोगमुखी बजेटले रोजगारी सिर्जना गर्न नसक्ने बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा उनले सरकारले ल्याएको बजेट उपभोगमुखी रहेको टिप्पणी गरे। उनले सात प्रतिशत आर्थिक वृद्धि हासिल गर्न आयात कम्तीमा २२ देखि २४ प्रतिशतले बढ्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै त्यसले मात्र अर्थतन्त्रमा सन्तुलन आउन सक्ने धारणा राखे।

खतिवडाका अनुसार सरकारले १० देखि २० वर्षसम्म करका दर नबढाउने आश्वासन दिए पनि व्यवहारमा त्यसको प्रतिबद्धता देखिएको छैन । उनले कर्पोरेट करदर घटाएर उद्यमशीलता प्रवर्द्धन गर्नुपर्नेमा सरकारको नीति त्यसतर्फ केन्द्रित नभएको प्रश्न उठाए ।

उनले व्यक्तिगत आयकर दर ३९ प्रतिशतबाट २९ प्रतिशतमा घटाइनुले पनि उपभोगमुखी आर्थिक वृद्धिलाई नै प्रोत्साहन दिएको टिप्पणी गरे। उपभोगमा आधारित अर्थतन्त्रले दीर्घकालीन रूपमा रोजगारी सिर्जना गर्न नसक्ने उनको भनाइ छ ।

खतिवडाले उत्पादनमूलक उद्योग, विशेषगरी साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रको विस्तार बिना आर्थिक रूपान्तरण सम्भव नहुने बताए। बजेटमा एसएमईका लागि पुँजी परिचालन, प्रविधि र बजार संरक्षणबारे ठोस योजना नआएको भन्दै उनले आलोचना गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ