काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज (मङ्गलबार) बस्ने भएको छ। बैठक मध्याह्न १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो।
आजको बैठकमा सरकारका नियमित प्रशासनिक कार्यसूची, विभिन्न मन्त्रालयका प्रस्तावहरू र समसामयिक राजनीतिक तथा आर्थिक विषयहरूमाथि छलफल गरी आवश्यक निर्णयहरू लिइने जनाइएको छ।