गण्डकी सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १९ मंगलबार
521
Shares
तस्बिर फाइल
काठमाडौँ । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले आज अपराह्न ४:०० बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यस सम्बन्धी जानकारी प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले दिएका हुन्।
प्रदेश सरकारले आगामी असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार बजेट सार्वजनिक गर्नुअघि सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो।
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि सुरु भएको थियो। यस अवधिमा सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) का विषयमा विस्तृत छलफल भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ।