arrow

भालुको आक्रमणबाट मरे भेडा 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १९ मंगलबार
sheep-jomsom-81-11-27.jpg

काठमाडौँ । जुम्लामा भालुको आक्रमणबाट आठ वटा भेडा मरेका छन्। गुठीचौर गाउँपालिका–४ स्थित थामबाडा गाउँमा भालुको आक्रमणमा परी सोमबार आठ वटा भेडा मरेका हुन्। 

यस सम्बन्धी जानकारी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शालिकराम खनालले दिएका छन्।

स्थानीय भेडापालक किसान नरेन्द्र अधिकारीले पालेका भेडालाई भालुले मारेको हो। रातिको समयमा गोठमा राखिएका भेडाको बथानमा भालु पसेर आक्रमण गरेको प्रहरीले जनाएको छ।

आक्रमणपछि सोही बथानका पाँच वटा भेडा हालसम्म सम्पर्कमा आउन सकेका छैनन्। भेडाको उक्त बथानमा रहेका अन्य २९ वटा भेडा भने सकुशल रहेका छन्। 

घटना रातिको समयमा भएकाले कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ।

पीडित किसान नरेन्द्र अधिकारीका अनुसार प्रतिभेडाको न्यूनतम मूल्य १८ हजार रुपैयाँ पर्दछ। यस हिसाबले आठ वटा भेडा मर्दा उनको करिब २ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ