arrow

विश्व शान्तिका लागि अमेरिका-चीन सम्बन्ध अपरिहार्य: अमेरिकी रक्षामन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
pete-hestheg-usa-defence-secretary-2025.jpg

काठमाडौँ ।  अमेरिकी रक्षामन्त्री पिट हेगसेथले अमेरिका र चीनबिचको रचनात्मक एवं रणनीतिक स्थिरताको सम्बन्ध एसिया–प्रशान्त क्षेत्र र विश्व शान्तिका लागि अपरिहार्य रहेको बताएका छन्। बेइजिङमा हालै सम्पन्न दुई देशका राष्ट्रप्रमुखहरूको शिखर वार्तामा व्यक्त प्रतिबद्धताहरू इतिहासमै शान्ति स्थापनाका लागि अर्थपूर्ण रहने उनको भनाइ छ।

सिंगापुरमा आयोजित ‘साङ्ग्रिला संवाद २०२६’ का क्रममा चिनियाँ प्रतिनिधिमण्डलले सोधेको प्रश्नको जवाफ दिँदै रक्षामन्त्री हेगसेथले उक्त टिप्पणी गरेका हुन्। उनले दुई शक्ति राष्ट्रबिचको नयाँ सम्बन्ध वास्तविक र ठोस आधारमा अघि बढिरहेको उल्लेख गरे।

उनले थप स्पष्ट पार्दै दुई देशबिच आपसी सम्मान र एक–अर्काको क्षमता एवं शक्तिप्रति पहिचान रहेको बताए। वर्तमान विश्वमा विद्यमान शक्तिलाई सही ढङ्गले परिचालन गरी साझा हितमा प्रयोग गर्न सकिने विश्वास समेत उनले व्यक्त गरे। 

दुई ठुला अर्थतन्त्र र सामरिक शक्तिबिचको यो समझदारीले क्षेत्रीय सन्तुलन कायम राख्न र विश्वव्यापी सुरक्षा चुनौतीहरूलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ