अर्थमन्त्रीले राष्ट्रपतिलाई गराए बजेट बारे जानकारी
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
824
Shares
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन्।
बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शीतल निवास पुगेर उनले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिलाई जानकारी गराएका हुन्।
भेटका क्रममा अर्थमन्त्रीले संसद्मा पेस गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपति पौडेललाई हस्तान्तरण गरे।
अर्थमन्त्री वाग्लेले आज (जेठ १५ गते) अपरान्ह ४ बजे संसद्को संयुक्त सदनमा सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै छन्।