काठमाडौँ । केएफसीले बिहीबार अन्तर्राष्ट्रिय बर्गर डे को उपलक्ष्यमा दुई ओटा किन्दा दुई ओटा फ्रि भनेर दिएको अफरमा झुक्काएको छ ।
उसले आफ्नो बिक्री निरन्तर भएसँगै दिउँसो ३ बजेदेखि सेवा नै बन्द गरेको दरबारमार्गमा पुगेका एक ग्राहकले बताए । उनले आफू सुन्धारामा नपाएपछि दरबारमार्गमा पुगेको जानकारी दिए ।
उनका अनुसार सामान सकिएको भन्दै बेलुका मात्र आउनु भनेर झुक्काइएको छ ।
त्यतिमात्र होइन सामान सिध्दिएको भनेर बेच्न नै छाडिएको छ ।
यसले प्रत्यक्षरूपमा ग्राहक झुक्याएको भनेर केएफसी पारखीले आक्रोशसमेत पोखेका छन् ।
केएफसीले नेपालका सबै शाखाबाट यो अफर दिने बताएको थियो ।