arrow

वैदेशिक रोजगारीका नाममा करिब ९८ लाख ठगी गर्ने छ जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १४ बिहिबार
pakrau9.jpg

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिन्छु भन्दै ९७ लाख ५८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ। 

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेहरूमा उदयपुरको रौतामाई गाउँपालिका–४ का रामबहादुर आलेमगर, सिरहाको लहान नगरपालिका–६ का आशिष कार्की, काठमाडौँको टोखा नगरपालिका–४ का लोकबहादुर श्रेष्ठ, सोही नगरपालिका–३ की तुलसा पुनमगर, पाल्पाको तानसेन नगरपालिका–७ का कृष्णप्रसाद पोखरेल र काठमाडौँको चन्द्रागिरि नगरपालिका–११ का प्रवीण श्रेष्ठ रहेका छन्।

पक्राउ परेका अभियुक्तहरूमध्ये रामबहादुरले क्यानडा पठाउने भन्दै चार जना व्यक्तिबाट कुल ३९ लाख ५८ हजार रुपैयाँ ठगी गरेका थिए भने आशिषले न्युजिल्याण्ड पठाइदिने प्रलोभनमा पारेर तीन जनाबाट १३ लाख रुपैयाँ रकम असुल गरेका थिए। 

त्यसैगरी लोकबहादुरले बेलायतमा आकर्षक कमाइ हुने प्रलोभन देखाएर एक जना पीडितबाट १९ लाख रुपैयाँ, तुलसाले अमेरिका पठाउने बहानामा एक जना व्यक्तिबाट १० लाख रुपैयाँ, कृष्णप्रसादले दुबईको लोभ देखाएर एक जनाबाट १० लाख रुपैयाँ र प्रवीणले सर्बिया पठाइदिन्छु भन्दै एक जना व्यक्तिबाट ६ लाख रुपैयाँ ठगी गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ