arrow

मध्यावधि चुनावको दबाबमा इरानसँग सम्झौता नगर्ने ट्रम्पको अडान

सर्त पूरा नभए सैन्य विकल्पको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १४ बिहिबार
trump-case-iran.jpg

काठमाडौँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनावको राजनीतिक दबाबका कारण इरानसँगको सम्झौतामा कुनै हतार नगर्ने स्पष्ट पारेका छन्। 

ह्वाइट हाउसमा आयोजित मन्त्रिपरिषद् बैठकमा बोल्दै उनले जारी वार्ताले अमेरिकाले चाहेको जस्तो परिणाम नदिए वासिङ्टन पुनः सैन्य कारबाहीका लागि तयार रहेको चेतावनीसमेत दिएका छन्।

राष्ट्रपति ट्रम्पले आगामी मध्यावधि चुनावको राजनीतिक दबाबका कारण आफ्नो वार्ता गर्ने शक्ति कमजोर हुने अपेक्षा इरानले राखेको बताए। जारी वार्ताको प्रगतिप्रति असन्तुष्टि व्यक्त गर्दै उनले अमेरिकी मागहरू पूरा नभए काम फत्ते गर्न (सैन्य विकल्प अपनाउन) पछि नहट्ने स्पष्ट पारेका छन्। सो क्रममा उनले इरानको सैन्य क्षमता निकै कमजोर भइसकेको दाबीसमेत गरे। इरानको नौसेना र वायुसेना कमजोर भएको टिप्पणी गर्दै ट्रम्पले उनीहरू अहिले अत्यन्तै कठिन परिस्थितिमा रहेर वार्ता गरिरहेको उल्लेख गरे।

यसैबीच, ह्वाइट हाउसले इरानी सञ्चारमाध्यममा आएका सम्झौताको मस्यौदा सम्बन्धी खबरहरूलाई पूर्णतया कपोलकल्पित भन्दै खारेज गरिदिएको छ।

इरानी सरकारी टेलिभिजनले प्रस्तावित मस्यौदामा इरान नजिकका क्षेत्रबाट अमेरिकी सेना फिर्ता हुने र इरानी बन्दरगाहमा लगाइएको नौसेना नाकाबन्दी हटाउने विषय समावेश रहेको दाबी गरेको थियो। तर, अमेरिकी प्रशासनले उक्त दाबीमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ