arrow

सर्प दंशबाट तीन वर्षे बालकको मृत्यु, चिकित्सकमाथि लापरबाहीहीको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १४ बिहिबार
death-snake-bite.jpg

सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका-१ लक्ष्मीपुरमा सर्प दंशबाट एक बालकको मृत्यु भएको छ । बालकको मृत्यु भएपछि आफन्तहरूले चिकित्सकको लापरबाही रहेको आरोप लगाउँदै अस्पतालमा होहल्ला गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार साँझ करिब ६ः३० बजेतिर लक्ष्मीपुर निवासी रवीन्द्र गिरीका तीन वर्षीय छोरा आदित्य गिरी आफ्नै घरको कौसीमा खेलिरहेका बेला सर्पले टोकेर घाइते भएका थिए । घाइते बालकलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो ।

अस्पतालमा उपचारकै क्रममा साँझ ७ः५० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए । बालकको मृत्यु भएपछि आफन्तजन अस्पताल पुगेर चिकित्सकको लापर्बाहीका कारण मृत्यु भएको भन्दै विरोध जनाएका थिए ।

स्थिति नियन्त्रणमा लिनका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक रुपेश अधिकारीको कमान्डमा २५ जनाको प्रहरी टोली खटिएको थियो । पछि प्रहरीको सम्झाईबुझाइपछि अवस्था सामान्य बनेको थियो ।

राति करिब ९ः५० बजे कानूनी प्रक्रिया पूरा गरी मृतक बालकको शव उनका बुबाले बुझि लगेका प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ