इरानसँग सम्झौताबाहेक विकल्प छैन, युरेनियम सुम्पिए पनि प्रतिबन्ध हट्दैन: ट्रम्प
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १४ बिहिबार
1.6k
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले वार्ताबाट आफू पछि हट्ने ठानेको भए पनि अहिले तेहरानसँग सम्झौता गर्नुको विकल्प नरहेको बताएका छन्। ह्वाइट हाउसमा आयोजित क्याबिनेट बैठकका क्रममा राष्ट्रपति ट्रम्पले इरानको रणनीतिमाथि टिप्पणी गर्दै यस्तो दाबी गरेका हुन्।
बैठकमा बोल्दै ट्रम्पले भने, "इरानलाई लागेको थियो कि उनीहरूले मलाई पर्खाएर थकाउनेछन्। उनीहरूलाई लाग्यो कि मेरो अगाडि मध्यावधि चुनाव छ, तर मलाई यसको कुनै पर्वाह छैन।" उनले अहिले इरान केवल सम्झौता गर्न चाहेको दाबी गर्दै भने, "मलाई लाग्दैन कि अब उनीहरूसँग योबाहेक कुनै अर्को विकल्प बाँकी छ।"
राष्ट्रपति ट्रम्पले अमेरिका हालको सम्भावित सम्झौतासँग पूर्ण रूपमा सन्तुष्ट नरहेको स्पष्ट पारेका छन्। अमेरिकाले अघि सारेका सर्तहरू नमानेएसम्म कुनै पनि हालतमा सम्झौता नहुने उनले अडान राखेका छन्। यसका साथै, यदि इरान सम्झौताका लागि तयार भएन भने अमेरिकाले आफ्नो "काम पूरा गर्ने" चेतावनीसमेत उनले दिएका छन्।
पिबिएस न्युजलाई दिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले इरानप्रति थप कडा नीति सार्वजनिक गरेका छन्। उनले यदि इरानले आफ्नो उच्च संवर्द्धित युरेनियम अमेरिकालाई सुम्पिए पनि उसले अमेरिकी प्रतिबन्धहरूबाट तत्काल कुनै राहत नपाउने स्पष्ट पारेका छन्।