डलर र पाउण्डको मूल्यमा वृद्धि, युरो र फ्राङ्कको बिक्री दरमा गिरावट
यस्तो छ आजको विदेशी मुद्राको बजार
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १४ बिहिबार
605
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्यमा हिजोको तुलनामा वृद्धि भएको छ। आजका लागि अमेरिकी डलर एकको खरिद दर एक सय ५२ रुपैयाँ ८१ पैसा र बिक्री दर एक सय ५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ, जबकि हिजो यसको खरिद दर रु १५२ दशमलव ०८ र बिक्री दर रु १५२ दशमलव ६८ मात्र रहेको थियो।
डलरसँगै बेलायती पाउण्ड स्टर्लिङको मूल्यमा पनि आज सामान्य वृद्धि देखिएको छ। आज पाउण्डको खरिद दर दुई सय पाँच रुपैयाँ ३२ पैसा र बिक्री दर दुई सय छ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ, जुन हिजो खरिद दर रु २०५ दशमलव २४ र बिक्री दर रु २०६ दशमलव ०५ को अवस्थामा थियो।
युरोपियन युरोको सवालमा भने आज केही मिश्रित उतारचढाव देखिएको छ। आज युरो एकको खरिद दर बढेर एक सय ७७ रुपैयाँ ८४ पैसा पुगे पनि बिक्री दर भने घटेर एक सय ७७ रुपैयाँ ५४ पैसा कायम भएको छ, जबकि हिजो यसको खरिद दर रु १७७ दशमलव ०९ र बिक्री दर रु १७७ दशमलव ७९ रहेको थियो। यस्तै, स्वीस फ्राङ्कको मूल्यमा भने आज खरिद र बिक्री दुवै दरमा केही गिरावट आएको छ। आज राष्ट्र बैंकले स्वीस फ्राङ्क एकको खरिद दर एक सय ९४ रुपैयाँ ३२ पैसा र बिक्री दर एक सय ९५ रुपैयाँ ०८ पैसा तोकेको छ, जुन हिजो खरिद दर रु १९४ दशमलव ६४ र बिक्री दर रु १९५ दशमलव ४१ को स्तरमा कायम थियो।
यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर एक सय आठ रुपैयाँ ९७ पैसा र बिक्रीदर एक सय नौ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर एक सय १० रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय १० रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय १९ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय २० रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ७२ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८८ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४२ रुपैयाँ १० पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ६९ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा तथा यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा तोकिएको छ ।
मलेसियन रिङ्गिट एकको खरिददर ३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६९ पैसा, दक्षिण कोरियाली वन एक सयको खरिददर १० रुपैया २० पैसा र बिक्रीदर १० रुपैयाँ २४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६ रुपैयाँ ५५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८० पैसा र बिक्रीदर २३ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ९५ रुपैयाँ २४ पैसा र बिक्रीदर पाँच सय २०, बहराइन दिनार एकको खरिददर चार सय पाँच रुपैयाँ ३३ पैसा र बिक्रीदर चार सय छ रुपैयाँ ९२ पैसा तथा ओमानी रियाल एकको खरिददर तीन सय ९६ रुपैयाँ ९० पैसा र बिक्रीदर तीन सय ९८ रुपैयाँ ४६ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।