arrow

अमेरिकी डलर र युरोसहित अधिकांश विदेशी मुद्राको भाउ बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
foreign-exchange-always-25.jpg

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार आज अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ र खाडी मुलुकका मुद्राहरूको भाउ हिजोको तुलनामा बढेको छ । जसका कारण नेपाली रुपैयाँ केही कमजोर बनेको छ। आजका लागि अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा कायम गरिएको छ । जबकि हिजो डलरको खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा तोकिएको थियो।

त्यसैगरी युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०१ पैसा कायम भएको छ भने हिजो यसको खरिददर १७९ रुपैयाँ १२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८२ पैसा थियो। 

युके पाउन्ड स्टर्लिङ एकको आजको खरिददर २०७ रुपैयाँ १४ पैसा र बिक्रीदर २०७ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ । जुन हिजो खरिददर २०६ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०७ रुपैयाँ ४६ पैसा रहेको थियो। यस्तै स्वीस फ्र्याङ्क एकको खरिददर १९५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ १६ पैसा तथा बिक्रीदर ११० रुपैयाँ ५९ पैसा र क्यानेडियन डलर एकको खरिददर ११२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ७६ पैसा तोकिएको छ। हिजोको तुलनामा यी मुद्राहरूको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ।

केन्द्रीय बैंकका अनुसार सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ७४ पैसा र बिक्रीदर १२१ रुपैयाँ २१ पैसा कायम गरिएको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा तथा थाई भाट एकको खरिददर ४ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४ रुपैयाँ ७५ पैसा रहेको छ। 

यसै गरी दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ २७ पैसा र बिक्रीदर १० रुपैयाँ ३१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १६ रुपैयाँ ५२ पैसा, डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९९ पैसा र बिक्रीदर २४ रुपैयाँ ०९ पैसा तथा हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ७१ पैसा कायम भएको छ।

खाडी मुलुकका मुद्राहरूको मूल्य पनि आज बढेको छ। साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ २० पैसा र बिक्रीदर ४१ रुपैयाँ ३६ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ५८ पैसा तथा यूएई दिराम एकको खरिददर ४२ रुपैयाँ १० पैसा र बिक्रीदर ४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ। त्यस्तै मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३९ रुपैयाँ १० पैसा कायम हुँदा कुवेती दिनार एकको खरिददर ५०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ५०५ रुपैयाँ ९३ पैसा तोकिएको 

छ। बहराइन दिनार एकको खरिददर ४१० रुपैयाँ ०५ पैसा र बिक्रीदर ४११ रुपैयाँ ६४ पैसा तथा ओमानी रियाल एकको खरिददर ४०१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४०३ रुपैयाँ १६ पैसा कायम भएको छ। भारतीय रुपैयाँ एक सयको विनिमय दर भने हिजोको जस्तै स्थिर रहँदै खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ