arrow

गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन पुनरावलोकन गर्ने कुनै सोच छैन: सर्वोच्च अदालत

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १३ बुधबार
supreme-court-photo-oli.jpg

काठमाडौँ । सर्वोच्च अदालतले गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन गर्ने विद्यमान प्रक्रियाबारे पुनर्विचार गर्ने आफ्नो कुनै सोच नभएको स्पष्ट पारेको छ।

अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा अदालतहरूमा ‘गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८’ जारी भई सोहीबमोजिम मुद्दाको पेसी व्यवस्थापन हुँदै आएको अवस्थामा यसलाई परिवर्तन गर्ने कुनै सोच नरहेको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “दैनिक पेसी व्यवस्थापनका लागि अवलम्बन गरिएको गोला प्रक्रियाको बारेमा पुनर्विचार गर्ने कुनै पनि सोच र धारणा औपचारिक रूपमा कतै पनि चर्चा र छलफल भएको छैन।”

विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्जालहरूमा अदालतमा लागू गरिएको उक्त गोला प्रक्रियाको विकल्पबारे सोचिएको भन्ने जस्ता समाचारहरू प्रकाशित भएपछि अदालतले विज्ञप्ति जारी गरी सो विषयमा सत्यता नरहेको स्पष्ट पारेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ