arrow

मन्त्रिपरिषद्का निर्णयहरू

सहकारी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

धानको न्यूनतम समर्थन मूल्य निर्धारण

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ११ सोमबार
pmo-susila-new-new.jpg

काठमाडौँ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। 

बैठकका निर्णयहरूबारे जानकारी दिँदै नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल–चीन जोड्ने विद्युत् प्रसारण लाइन आयोजना 'चिलिमे केरुङ' कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने प्रतिउत्तर पत्र पनि स्वीकृत गरिएको बताए ।

मन्त्रिपरिषद् बैठकले नेपाल–चीन जोड्ने विद्युत् प्रसारण लाइन आयोजना चिलिमे केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत गरेको छ। 

त्यस्तै बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानबालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै मोटो धानको मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ तोकेको छ। यसका साथै, सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गर्नुका साथै नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय समेत सरकारले गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ