arrow

सञ्चारकर्मी सहदेव चौधरीको गीत 'चोखो माया'को म्युजिक भिडियो सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ११ सोमबार
chokhomaya-.jpg

काठमाडौँ । सञ्चारकर्मी सहदेव चौधरीले लेखेको गीत 'चोखो माया'को म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको छ। यसअघि अडियो मात्रै सार्वजनिक गरिएको यो गीतको म्युजिक भिडियो एसियन म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो। 

भिडियोमा गायिका सङ्गीता राणा प्रधानको फिचर देख्न सकिन्छ र यो गीतमा स्वर पनि उनकै रहेको छ। यस गीतको सङ्गीत संयोजन तथा एरेन्जर जुगल डङ्गोलले गरेका हुन्।

गीतको सङ्गीततर्फ गीटारमा दीपेश सिंह, बासमा विजय बज्राचार्य, ड्रममा अनुप महर्जन, तबलामा कुल प्रसाद महर्जन र बाँसुरीमा कृष्ण गुरूङ रहेका छन्। 

प्रेमको आग्रह गरिएको यस गीतको छायाङ्कन नारायण गुरूङ र कृष्ण राणाले गरेका हुन् भने भिडियोको सम्पादन तथा कलर गर्ने काम माधव बेल्वासेले गरेका हुन्। 

आर्टम्युज स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरिएको यो म्युजिक भिडियोलाई अमृत सुनुवारले निर्देशन गरेका हुन् र यसको सुटिङ 'द साउण्ड गार्डेन'मा गरिएको हो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ