इरानले उच्च प्रशोधित युरेनियम भण्डार अमेरिकालाई नबुझाउने
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १० आइतबार
1.7k
Shares
काठमाडौँ । इरानले आफ्नो अत्यधिक प्रशोधित युरेनियमको भण्डार अमेरिकालाई नबुझाउने स्पष्ट पारेको छ। रोयटर्सका अनुसार एक वरिष्ठ इरानी अधिकारीले हालको प्रारम्भिक सम्झौतामा आणविक मुद्दा समावेश नै नभएको बताएका छन्।
स्रोतका अनुसार इरानको आणविक कार्यक्रम र युरेनियम भण्डारका बारेमा पछि अन्तिम सम्झौताका क्रममा मात्र छलफल हुनेछ। युरेनियम देशबाहिर पठाउने सम्बन्धमा हालसम्म कुनै पनि निर्णय नभएको इरानी पक्षको भनाइ छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानलाई अत्यधिक प्रशोधित युरेनियम राख्न नदिने बताएका थिए। उनले इरानबाट उक्त युरेनियम आफूहरूले हासिल गर्ने र इरानलाई त्यो राख्न नदिने दाबी गरेका थिए।
पछिल्ला दिनहरूमा आएका केही प्रतिवेदनहरूमा इरान आफ्नो युरेनियम भण्डार त्याग्न तयार भएको दाबी गरिएको थियो। तर अहिले इरानी पक्षले ती समाचारहरूको खण्डन गर्दै हल्लालाई खारेज गरिदिएको छ।