arrow

इरानसँगको शान्ति सम्झौताको मस्यौदा ‘लगभग तयार’ भएको ट्रम्पको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १० आइतबार
trump-21.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौताको मस्यौदा ‘लगभग तयार’ भएको घोषणा गरेका छन्। 

शनिबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जानकारी दिँदै उनले अमेरिका, इरान र मध्यपूर्वका अन्य सम्बन्धित राष्ट्रहरूबीचको सहमतिमा यो सम्झौतालाई अन्तिम रूप दिन लागिएको बताएका हुन्।

उक्त सम्झौताको एक महत्वपूर्ण हिस्साका रूपमा हर्मुज जलमार्ग खुला गरिने ट्रम्पले उल्लेख गरे। 

सम्झौताका अन्तिम पक्ष र विस्तृत विवरणहरूमा हाल छलफल भइरहेको र यसबारे छिट्टै औपचारिक जानकारी सार्वजनिक गरिने उनले बताए।

यसै सिलसिलामा ट्रम्पले शनिबार दिउँसो खाडी तथा अन्य क्षेत्रीय नेताहरूसँग टेलिफोन संवाद गरी इरानको पछिल्लो प्रस्तावबारे समीक्षा गरेका छन्। 

उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पनि छुट्टै कुराकानी गरेको र उक्त संवाद अत्यन्त सकारात्मक रहेको जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ