arrow

नेताहरूका प्रश्नको ओलीले जवाफ दिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १० आइतबार
uml-sachibalaya-day-2.jpg

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ११:३० बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्न लागेको हो।

आजको बैठकमा विशेष गरी विगतका बैठकहरूमा उठेका विभिन्न प्रश्नहरूको जवाफ अध्यक्ष ओलीले दिने कार्यसूची रहेको छ। बैठकमा आएका जिज्ञासा र प्रश्नहरूलाई स्पष्ट पार्न अध्यक्ष ओलीले आज आफ्नो धारणा राख्न लाग्नुभएको हो।

यसअघि शुक्रबार र शनिबार दुई दिनसम्म चलेको बैठकमा पार्टीका महासचिव, उपमहासचिव तथा सचिवहरूले विभिन्न विषयमा आफ्नो स्पष्ट धारणा र प्रतिवेदनहरू प्रस्तुत गरेका थिए। आजको बैठकले ती धारणाहरूमाथि छलफल गर्दै केही महत्त्वपूर्ण निर्णयहरू समेत गर्न सक्ने अनुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ