arrow

चीनको कोइलाखानीमा ग्यास विस्फोट हुँदा कम्तीमा ९० जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ९ शनिबार
china-explosion-26-5-22.jpg

काठमाडौँ । उत्तरी चीनको एउटा कोइला खानीमा ग्याँस विस्फोट हुँदा कम्तीमा ९० जनाको मृत्यु भएको छ । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार शानक्सी प्रान्तको लिउसेनयु कोइला खानीमा शुक्रबार बेलुकी विस्फोट भएको थियो ।

राष्ट्रपति सी चिनफिङले घाइतेहरूको उपचार गर्न सम्भावित “सबै प्रयास“ गर्न आग्रह गदै घटनाको गहन अनुसन्धान गर्न आह्वान गरेको सिन्ह्वाले जनाएको छ । 

उनले सबै क्षेत्र र विभागहरूले यो दुर्घटना बाट पाठ सिकेर कार्यस्थलको सुरक्षाको सन्दर्भमा निरन्तर सतर्क रहनु पर्ने र विनाशकारी घटनालाई नियन्त्रण गर्नु पर्ने कुरामा जोड दिएका छन् । 

 यसअघि नै सिन्ह्वाले ग्यास–खानीमा कार्बन मोनोअक्साइडको स्तर–एक अत्यधिक विषाक्त स्थरमा पुगेको  रिपोर्ट गरेको थियो ।

वेपत्ता रहेकाहरुका केहीको अवस्था “गम्भीर“ रहेको अघिल्लो रिपोर्टले जनाएको छ ।

यो दुर्घटनालाई विगत एक दशकमा चीनमा भएको सबैभन्दा ठूलो कोइला खानी दुर्घटना मानिन्छ। बेइजिङबाट लगभग ५२० किलोमिटर दक्षिणपश्चिममा रहेको शान्सी प्रान्तको किन्युआन काउन्टीमा विस्फोट भएको थियो।

दुर्घटना हुनुभन्दा पहिले खानीमा कार्बन मोनोअक्साइड ग्यासको चेतावनी जारी गरिएको थियो, त्यसपछि केही समयमै ठूलो विस्फोट भयो।

विस्फोटको समयमा, २४७ जना कामदार खानी भित्र काम गरिरहेका थिए। कति जना अझै भित्र फसेका छन् भन्ने अझै स्पष्ट छैन। राहत र उद्धार कार्य जारी छ।

आश्चर्यजनक रूपमा सिन्ह्वाले शुरूमा आठ जनाको मृत्यु भएको रिपोर्ट गरेको थियो र २०० भन्दा बढी कामदारहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको बताएको थियो। पछि मृत्यु हुनेको संख्या अचानक ८२ पुगेको थियो । राज्य सञ्चालित मिडियाले यो संख्या कसरी यति छिटो बढ्यो भनेर व्याख्या गरेन।

चिनियाँ राष्ट्रपति सी जिनपिङले दुर्घटनापछि बेपत्ता भएकाहरूलाई खोज्न हरसम्भव प्रयास गर्न उद्धार टोलीहरूलाई निर्देशन दिए। उनले दुर्घटनाका लागि जिम्मेवार व्यक्तिहरूलाई बचाइने छैन भने।

सिन्ह्वाका अनुसार खानी भित्र कार्बन मोनोअक्साइड ग्यासको स्तर उल्लेखनीय रूपमा बढेको थियो। यो विस्फोटको कारण भएको विश्वास गरिन्छ। दुर्घटनाको सही कारण हाल अनुसन्धान भइरहेको छ।

सी जिनपिङले सबै क्षेत्र र सरकारी विभागहरूले यस दुर्घटनाबाट पाठ सिक्नुपर्ने, कार्यस्थल सुरक्षाको बारेमा सतर्क रहनुपर्ने र ठूला दुर्घटनाहरू रोक्न जोखिमहरूको राम्ररी अनुसन्धान गर्नुपर्ने बताए।

उनले चीनमा वर्षायाम सुरु भइसकेको भन्दै बाढी रोकथाम र विपद् व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए।

जिनपिङले भने, "स्थानीय अधिकारीहरूलाई उनीहरूको जिम्मेवारी सम्झाउनुहोस्।"

जिनपिङले चीनको राज्य परिषद्को सुरक्षा विभागलाई स्थानीय अधिकारीहरूलाई उनीहरूको जिम्मेवारी सम्झाउन पनि निर्देशन दिए। उनले प्रत्येक दुर्घटनाको पूर्ण रूपमा अनुसन्धान गर्न र भविष्यमा यस्ता दुर्घटनाहरू रोक्न निर्देशन दिए।

यसैबीच चिनियाँ प्रधानमन्त्री ली केकियाङले पनि बेपत्ता कामदारहरूलाई खोज्न हरसम्भव प्रयास गर्नुपर्ने बताए। उनले दुर्घटनाको कारणको तत्काल अनुसन्धान गर्न र जिम्मेवार व्यक्तिहरू विरुद्ध कारबाही गर्न आह्वान गरे।

पछिल्लो समयमा चीनमा खानीको सुरक्षामा सुधार आएको भएता पनि मनग्य सुरक्षा प्रावधानहरु अवलम्वन गर्न नसकिएकाले अझै पनि बारम्बार दुर्घटनाहरू हने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ