arrow

कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हाकु पटासी लगाएर फर्किन् सुनिता, नेपाली चलचित्रमा उपलब्धि [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ९ शनिबार
sunita-dangol-83-2-9 (6).jpg
तस्बिर : सुनिता डंगोलको फेसबुक वाल तथा नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको सहभागिता र प्राप्त सफलता नेपालको सिर्जनशील क्षेत्रका लागि ऐतिहासिक कोसेढुङ्गा भएको बताएकी छिन् ।
 
फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिभलमा सहभागी भई स्वदेश फर्किएपछि उनले उक्त भ्रमण र उपलब्धिका बारेमा शनिबार विमानस्थलमा यसबारे जानकारी गराएकी हुन् । 

कार्यवाहक प्रमुख डंगोलले सिर्जनशील क्षेत्रलाई व्यवस्थित र निरन्तरता दिन काठमाडौँ महानगरपालिकाले आवश्यक नीति र कार्यविधि निर्माण गर्ने तयारी गरिरहेको जानकारी दिइन् । 

कान्सका मेयरले आयोजना गरेको विशेष स्वागत कार्यक्रम र डिनरमा सहभागी हुने क्रममा काठमाडौँ फिल्म फेस्टिभलका लागि आवश्यक प्राविधिक सहयोग र सहकार्यका विषयमा समेत छलफल भएको उनले बताइन् । 

यस पटकको कान्स फिल्म फेस्टिभल नेपाली सिने जगतका लागि विशेष रहेको उल्लेख गर्दै डंगोलले इतिहासमै पहिलो पटक नेपाली फिल्म ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट हुनु गौरवको विषय भएको बताइन् । 

उक्त विधामा निर्देशक अविनाशविक्रम शाहको टिमले निर्माण गरेको चलचित्र एलिफेन्ट्स इन द फगले जुरी प्राइज जित्न सफल भएकोमा उनले बधाई ज्ञापन गरिन् ।

उनले भनिन्,  ‘सिर्जनशील क्षेत्रलाई ‘वान टाइम प्रोग्राम’ मात्र नभई संस्थागत स्वरूप दिन हामीले नीतिगत छलफल अगाडि बढाएका छौँ । भ्रमणका क्रममा विभिन्न शहरका प्रतिनिधिहरूसँगको भेटमा काठमाडौं महानगरपालिकाले पहिलो पटक ‘काठमाडौं फिल्म फेस्टिभल’ आयोजना गर्न लागेको जानकारी गराउँदा उहाँहरू उत्साहित हुनुभएको छ । फिल्म प्रदर्शनपछि हलमा उपस्थित दर्शकहरूले करिव ७–८ मिनेटसम्म उभिएर सम्मान  दिएका थिए । यो क्षण सम्पूर्ण नेपालीका लागि भावुक र गर्विलो थियो । अन्तर्राष्ट्रिय मञ्चमा नेपालीले मन मात्र नभई उपाधि पनि जित्नु ठूलो उपलब्धि हो ।’

कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा डंगोलले नेपालको मौलिक पहिचान झल्कने ‘हाकु पटासी’ र परम्परागत गरगहना प्रयोग गरेकी थिइन् । काठमाडौँ महानगरपालिकाले आगामी फिल्म महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न छुट्टै टोली परिचालन गरेको छ । 

महानगरपालिकाको सम्पदा तथा पर्यटन समिति, सूचना प्रविधि विभाग र प्रशासन विभागको समन्वयमा महोत्सवको तयारी भइरहेको छ । महोत्सवलाई काठमाडौंको इकोसिस्टम र संस्कृतिसँग जोडेर प्रवद्र्धन गरिने महानगरले जनाएको छ । 

कार्यवाहक प्रमुख डंगोलले यो भ्रमणबाट काठमाडौंलाई ‘क्रिएटिभ सिटी’ का रूपमा विश्वसामु चिनाउन र अन्तर्राष्ट्रिय शहरहरूसँग सहकार्यको ढोका खोल्न मद्दत पुगेको विश्वास व्यक्त गरिन् । नेपाल न्यूज बैंक


 

sunita-dangol-83-2-9 (7).jpg
sunita-dangol-83-2-9 (8).jpg
sunita-dangol-83-2-9 (9).jpg
sunita-dangol-83-2-9 (10).jpg
sunita-dangol-83-2-9 (11).jpg
sunita-dangol-83-2-9 (12).jpg
sunita-dangol-83-2-9 (13).jpg
sunita-dangol-83-2-9 (14).jpg
sunita-dangol-83-2-9 (15).jpg
sunita-dangol-83-2-9 (16).jpg
sunita-dangol-83-2-9 (17).jpg
sunita-dangol-83-2-9 (1).jpg
sunita-dangol-83-2-9 (2).jpg
sunita-dangol-83-2-9 (3).jpg
sunita-dangol-83-2-9 (4).jpg
sunita-dangol-83-2-9 (5).jpg
sunita-dangol-83-2-9 (6).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ